चितवन, १० असोज । माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हिजो आइतबार साँझ ५ बजेतिर गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नजिकै चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैँडाले सुनुवारलाई आक्रमण गरेको हो ।