फेसन एव ग्लामर कम्पनी म्याजिक मसरुमले यसपटक पनि उच्च स्तरीय म्याजिक मसरुमको आयोजनामा Beauty pagent N’ da winner Is..2016 गर्दैछ । उत्कृष्ट मोडल उत्पादन गर्दै आएको सो कम्पनीले यही असोज १२ गते मुडस् रेष्टुरेन्ट एण्ड वेङकेटमा आयोजना गर्न लागेको हो ।
यो प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी प्रतिस्पर्धीलाई र्याम्पमा हिड्न, उद्घोषण, अभिनय कक्षा, सामाजिक बन्नको लागि भ्रमण, व्यक्तित्व बिकासलगायतका अन्य बिभिन्न बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजयी हुने मोडललाई फिल्म, म्यूजिक भिडियो, फेसन शो का साथै पत्रपत्रिकामा बिशेष स्थान प्रदान गरिने छ भने स्पोन्सरको तर्फबाट बिभिन्न उपहार समेत प्रदान गरिने आयोजकले बताएको छ ।