काठमाडौं, १० असोज । पूर्वगृहमन्त्री एवं पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी हिजो दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ।
घिमिरेसहित तीनजना बेपत्ता भएका छन् भने चालक विष्णु राई घाइते छन्। प्रहरीका अनुसार घिमिरेसहित तीनजना बेपत्ता छन्। मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्करपियो गाडी दुर्घटनामा परेको थियो ।
घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले बताएका छन्। खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष हुँदा घिमिरे गृहमन्त्री थिए।