घोराही, १० असोज । दाङमा प्रहरीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक र उत्श्रृङखल गतिबिधीलाई नियन्त्रण गर्न विषेश सुरक्षा योजना लागु गर्ने तयारी गरेको छ । दशै, तिहार र छठ पर्वलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले आज देखी कर्तिक २२ गते सम्म चाडपर्व विषेश सुरक्षा योजना लागु गर्ने तयारी गरेको हो ।
प्रहरीले सुरक्षा चुनौतिको बिश्लेषण गरी ११ वटा क्षेत्रलाई निगरानीमा राख्दै सुरक्षा व्यवस्था प्रभाबकारी बनाउने योजना अघि सारेको छ । करिब डेढ महिनाको अबधि भित्र पर्ने चाडपर्वहरुलाई लक्षीत गर्दै बजार देखी गाउँ सम्म सुरक्षामा कडा निगरानी राख्ने एसपी सिंहले बताउनुभयो ।
प्रहरीले मन्दिर, खसी बजार, दशैं तिहारको बजार, भईचम्पा र पटका नियन्त्रणका लागि निगरानी बढाउने भएको छ । यसैगरी खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट तथा कालो बजारी नियन्त्रण गर्ने, खाली घर सँगै सरकारी कार्यालयको सुरक्षा, बैंक बित्तिय संस्था एंव सुनचाँदी पसलको सुरक्षाका लागि बिशेष सुरक्षा योजना लागु गरिएको समेत एसपी सिंहले जानकारी दिनुभएको छ ।
।
यसैगरी मादक पदार्थ सेवन गरि सवारी चलाउनेको बिशेष जाँच, गुण्डागर्दी नियन्त्रण तर्फ बिशेष निगरानी, उपहार तथा चिठ्ठाको नाउँमा हुने ठगी नियन्त्रण र अन्य कुनै पनि प्रकारका अपराधिक कार्य नियन्त्रण एंव अनुसन्धानमा प्रहरी व्यापाकरुपमा परिचालन हुने सिंहको भनाई छ ।
चाडपर्वमा हुन सक्ने सम्भाबित घटनालाई मध्यनजर गर्दै भारतिय सिमा, जिल्लाका सिमा सहित राजमार्ग, गाउँ तथा बजारमा गाडि, मोटरसाईकल र सादा पोषाकमा प्रहरी परिचालन हुने छन् । एक हजार १ सय २५ जना प्रहरीहरुलाई बिभिन्नरुपमा परिचालन गरेर सुरक्षा व्यवस्थालाई कडाई गरि शान्ति कामय गर्ने योजना रहेको एसपी सिंहले जानकारी दिनुभयो ।।