चितवन ९ असोज । त्रिशुली नदीमा गाडी खसेर भएको सवारी दुर्घटनामा परेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै अज्ञात छ ।घिमिरे आफैंले चलाएको बा ९ च १५३१ नम्वरको स्कारपियो गाडी मुग्लिनबाट २ किलोमिटर काठमाडौंतर्फ कुरीनटार नजिक घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी घिमिरेकी आमा चैतत्यकुमारी घिमिरेसहित ३ जनाको ज्यान गएको छ ।
उनका अनुसार गाडी पुरै पानीमा डुवेको छ । ‘गाडी नै कहाँ छ भन्ने थाहा छैन’ एसपी कुँवरले भने, पहिला गाडी नै खोज्ने प्रयत्न हुँदैछ ।’नेपाली सेना, शशस्त्र प्रहरी र जनपथ प्रहरीको १ सय जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । अहिले बत्तिको व्यवस्था गरी खोजी गर्ने काम शुरु गरिएको छ ।
अनलाइन खबर बाट