Indrenionline.com

क्रान्तिकारीको विद्यार्थी जागरण अभियान क्याम्पस केन्द्रित

नेकपा माओवादी ( केन्द्र ) निकट आखिल क्रान्तिकारीले संगठन सुदृढीकरण तथा विद्यार्थी जागरण अभियान कार्यक्रम क्याम्पस केन्द्रित गरेको छ। यसैविच जनता विद्यापिठ क्याम्पस विजौरी ब्ज्ब् प्रथम वर्षमा भेला सम्पन्न भएको छ ।तिर्थराज अधिकारीको अध्यक्षता एवम केन्द्रिय सचिवालय सदस्य मिनराज वलीको प्रमुख आतिथ्यता एवम केन्द्रिय सदस्य विष्णु चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम वोल्दै प्रमुख अतिथी वलीले शिक्षामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य संगै भर्खरै जारी भएको सविधानको व्यवस्था अनुसार आधारभुत शिक्षाको सम्पूर्ण जिम्मा राज्यले लिनु पर्ने र शिक्षा पूर्णतया निशुल्क हुनु पर्ने वताउनु भएको थियो । साथै उहाले सामुदायीक विद्यालयहरुमा प्राविधिक शिक्षामा जोड दिनु पर्ने र प्रत्येक सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था गरी गुणस्तरीयताका साथै विद्यार्थीको आकर्षण वढाउन राज्यले विशेष पहल गर्नु पर्ने वताउनु थियो ।

त्यसका लागी आफ्नो संगठन सदैव नेतृत्व लिन र विद्यार्थी हक र अधिकारका लागी लड्न तयार रहेको वताउनु भएको थियो । कार्यक्रममा वोल्दै विशिष्ट अतिथी विष्णु चौधरीले आफुहरु अव स्ववीय केन्द्रित हुने वताउनु भएको थियो । उहाले स्ववीयुमा आफ्नो संगठनलाई एक नम्वर वनाउनका लागी सवै लाग्नु पर्नेमा जोड दिनु भएको थियो । फरक प्रसंगमा उहाले स्ववीयु जित्नकै लागी मात्र नभइ आफ्नो संगठन सम्पूर्ण विद्यार्थीको हकहितका लागी लड्दै आएको र आगामी दिनमा पनि लड्ने वताउनु भएको थियो ।।साथै उहाले अव छिट्टै स्ववीयु निर्वाचन गर्न पनि सम्वन्धित पक्षलाई आग्रह गर्नु भएको थियो ।साथै उक्त भेलाले मिनवहादुर लुहारको अध्यक्षतामा द्दड सदस्यीय कक्षा इकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा सुमिक्षा केसी र सृष्टी चौधरी सचिवमा युद्दजित रोका मगर सहसचिवहरुमा अरुणा पुनमगर र साधना चौधरी कोषाध्यक्षमा विष्णु अधिकारी छात्रा विभाग प्रमुखमा सरिता भण्डरी र खेलकुद विभाग प्रमुखमा अनिल श्रेष्ठ रहनु भएको छ ।

कार्यक्रममा क्रान्तिकारी केन्द्रिय सदस्य दुर्गा विक र दाङ जिल्लाका कार्यलय सदस्य सुवास वस्नेतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण क्रान्तिकारी दाङका कार्यालय सदस्य सोभियत घर्तीले गर्नु भएको अखिल क्रान्तिकारी दाङका संचार विभाग सहसंयोजक गिरवहादुर महराले जानकारी दिनु भएको छ ।।