Indrenionline.com

उच्च मावि उरहरीका शिक्षक वलीमाथि आक्रमण

दाङ, २४ बैशाख
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङले अमर उच्च माध्यमिक विद्यालय उरहरीका शिक्षक निर्मल कुमार वलीमाथि आक्रमण भएको घटनाको भ्रत्सना गरेको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै समितिले तुलसीपुरबाट उरहरी घर तर्फ जादै गर्दा पुकार पसल नजिक माक्स लगाएर आएका अपरीचित ब्यक्तिले वलीमाथि आक्रमण गरेको वताएको छ ।kk

समितिका अध्यक्ष भागवत पौडेल र सचिव दामोदर वस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषि पत्ता लगाइ कानुनी कारवाहीको माग गर्नुभएको छ । साथै आक्रमणवाट घाइते शिक्षक वलीको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

हिजो साझ ७ बजेतिर मोटरसाईकलमा गएका दुई जनाको समुहले शिक्षक सवार मोटरसाइकल रोकेर एक्कासी आक्रमण गरेको पडित शिक्षकले बताउनुभएको छ । पिडितका अनुसार आफुले लगाएको हेल्मेट खासेर उनिहरुले आक्रमण गरेका थिए ।।