इन्द्रेणी संवाददाता
घोराही, ९ असोज । लामो समयदेखि बिबादमा रहदै आएको नेकपा एमाले दाङमा विबाद अन्त्य भएको छ । बाह्रौ जिल्ला अधिबेशनको संघारमा समेत विवाद गर्दै आएका दुई पक्ष बिचको बिबाद अन्त्य भएको र एकताबद्ध भएर अधिबेशनमा जाने बताएका छन् ।
बाह्रौ जिल्ला अधिबेशन उद्घाटनका लागि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल आउने कार्यक्रम रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । अध्यक्ष राना र सचिब बस्नेत पक्षमा रहदै आएको विवादलाई हिजो पार्टी कार्यालयमा सम्पन्न बैठकले समाधान गरेको नेकपा एमाले दाङले जनाएको छ ।