न्युयोर्क, ९ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई आज नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए ।