सोलुखुम्बु, ९ असोज । विरामी लिएर जाँदै गरेको माउण्टेन एयरको हेलिकप्टर सोलुखुम्बुको जुभीङमा आज दुर्घटना भएको छ । जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन हेलिकप्टर दुर्घटना भएको हो ।
जुभिङ ४ बस्ने ३८ बर्षका देवानसिङ राई हात भाँचिएर घाइते भएपछि उपचारका लागि अस्पताल लैजान हेलिकप्टर झिकाइएको हो ।
दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्याएको प्रहरीले बताएको छ ।