काठमाडौं, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य, कला र सङ्गीत बिनाको जीवन निरस हुने बताएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ९ औं प्राज्ञ सभाको आज समुद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रा प्राकृतिक सम्पदाहरु सङ्गीत, कला र साहित्यका उर्भरभूमि हुन् ।
प्रधानमन्त्रीले नेपाल कला, साहित्य र सङ्गीत अथाह र विश्वव्यापी रहेको भन्दै नेपाली कला, साहित्यको अन्तर्राष्ट्रियकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।
सभामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्त, सदस्य सचिव गणेश रसिक, सङ्गीतकार शम्भूजित बाँस्कोटा लगायतका वक्ताहरुले सङ्गीत र कलाको महत्व र प्रतिष्ठानले गरेका गतिविधिहरुको चर्चा गरे ।