काठमाडौं, ९ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेर सञ्चालन भएको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्ष भयो । यो अवधिमा ५० हजारभन्दा धेरै नागरिक गुनासा परेका छन् ।
पाँच वर्षमा पाँच प्रधानमन्त्री फेरिए ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा पाँचजना प्रधानमन्त्री भए । तर, सबैभन्दा धेरै गुनासा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परेका थिए ।
कुन प्रधानमन्त्री हुँदा कति गुनासा ?
डा. बाबुराम भट्टराई (१२ भदौ २०६८–३० फागुन २०६९)
परेका गुनासा २० हजार ६ सय ६३
फछ्र्योट २० हजार ३ सय १९
खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष १ चैत २०६९–२८ माघ २०७०)
परेका गुनासा ६ हजार ८ सय ४
फछ्र्योट ६ हजार ५ सय १
सुशील कोइराला (२८ माघ २०७०–२४ असोज २०७२)
परेका गुनासा ९ हजार ५ सय ८१
फछ्र्योट ९ हजार १ सय ९३ वटा
केपी ओली (२५ असोज २०७२–१९ साउन २०७३)
परेका गुनासा ९ हजार ३ सय १६
फछ्र्योट ७ हजार ५ सय ७९ वटा
पुष्पकमल दाहाल प्रचण्ड (१९ साउन २०७३– ६ असोजसम्म)
परेका गुनासा २ हजार ३ सय ९० वटा
फछ्र्योट १ हजार २ सय ८४ वटा