काठमाडौं, ९ असोज । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दैछ । बैठकले पुननिर्माणमा भइरहेको कामको समिक्षा गर्दै थप रणनिति तय गर्ने छ ।
आजमा वैठकमा विशेषगरी पुनर्निर्माण प्राधिकरणको संरचना, भूकम्प प्रभावित क्षेत्रमा खटिने इन्जिनियरहरुको करार थप, पीडितले समयमै पहिलो किस्ता पाउन नसक्नुको कारण र सरकारले घोषणा गरेको थप एक लाख राहत रकम कार्यान्वयनका विषयमा छलफल हुने प्रवक्ता थपलियाले बताए ।