काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको संविधान उत्कृष्ट नभएको बताएका छन् । सवैले अपनत्व महसुस नगरेको संविधान उत्कृष्ट हुन नसक्ने भन्दै भट्टराईले संविधान जारी भएको एक वर्ष बितिसक्दासमेत मुलुकमा आन्दोलन भइरहनुले संविधानमा सबैले आफ्नो अपनत्व लिने अवस्था नआएको बताए ।
संविधान जारी गर्दा सबैको अधिकार सुरक्षित गर्नका लागि केही समय कसरत गर्न आफूले दलका प्रमुख नेताहरुसँग कुरा गरेको स्मरण गर्दै उनले भने,‘ गत वर्ष संविधान जारी गर्नु अगाडि मैले प्रमुख दलहरुसँग केही दिन ढिला गरेरै भएपनि असन्तुष्ट पक्षको माग सम्बोधन गर्न विशेष आग्रह गरेको थिएँ। तर, त्यसबेला संविधान बनाउन ढिला गर्ने हो भने ठूलो संकट आउने बताएर आन्दोलित दल र समुदायको मागलाई बेवास्ता गरियो।’