भैरहवा, ८ असोज । भैरहवा विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको जहाज आज दुर्घटनामा भएको छ । काठमाडौंबाट आएको यति एयरको जहाज रनवेमा टायर धस्सिएर दुर्घटनामा भएको हो ।
विमान अवतरणका क्रममा चिप्लेर धावनमार्गको १ सय ५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा २९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन ।
दुर्घटनास्थलमा नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरेका नागरिक उड्डयन कार्यालय भैरहवाले जनाएको छ । दुर्घटनामा परेको जहाजबाट सबै यात्रुलाई बाहिर निकालिसकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सञ्चार शाखाले जनाएको छ।