Indrenionline.com

धादिङ रेडियोको भवन भत्काइएकोमा आपत्ती

इन्द्रेणी संवाददाता
दाङ, ८ असोज । सामुदायीक रेडियो प्रसारक संघ (अकोर्याव ) पत्रकार महासंघ दाङ र दाङका सामुदायीक रेडियोहरुले सामुदायिक एफएम धादिङको भवन भत्काइएकोमा आपत्ती जनाएका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र पनि बुझाएका छन् । सामुदायीक रेडियो प्रसारक संघ (अकोर्याव ) का सचिव अर्जुन गिरी, पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, रेडियो सञ्जीवनिका स्टेशन म्यानेजर शरद रेग्मी, प्रकृतिका संगीत बस्याल, रेडियो झरनाका रोशनमान श्रेष्ठ,पाठसालाका बामदेव देवकोटा रेडियो हाम्रो पहुँचका अध्यक्ष शुक्रराज भण्डारी र राप्ती समाचार दैनिकका प्रकाशक तेजबहादुर कार्कीले सयुक्त रुपमा दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेमातर्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

रेडियोकर्मीहरु घरभित्र रहेको अवस्थामा वाहिर निस्कनसमेत नदिइ भवन भत्काउन अमानवीय कार्य भएको भन्दै उक्त घटना निन्दनीय भएको र तत्काल घटनाको न्यायीक छानविन गरी दोषीउपर कडा कारवाही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।