दाङ, ८ असोज । आफ्नो समातिएका कार्यकर्तालाई रिहा गर्न माग गर्दै वैद्य नेतृत्वको माओवादी नेकपा क्रन्तिकारीले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता भएको छ । सरकारले समातिएका कार्यकर्तालाई आजनै रिहा गरेपछि बन्द फिर्ता लिएको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य दिनेश शर्माले जानकारी दिएका छन् ।
आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा चलाउन लागिएको भन्दै वैद्य माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । कार्यकर्ता पक्राउ गरेको विरोधमा वैद्य माओवादीले शुक्रबार एक घण्टे चक्काजाम गरेको थियो ।