काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिलेका जिल्लाहरुलाई टुक्र्याइए निर्णायक लडाइँ गर्ने चेतावनी दिएका छन् ।
साक्षात्कारमा रायमाझीले भने मिलेर बसेका जिल्लालाई सिमांकन मिलाउने नाममा अलग बनाएर क्षतविक्षत बनाउने काम भए कसैले नमान्ने बताए । ‘यदि सिमांकन मिलाउने नाममा त्यसो गरिए हामी अर्को निर्णायक लडाइँ लड्छौं’, उनले भने, ‘पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए कुनै हालतमा मान्दैनौ । त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाइँमा उत्रन्छौं ।’
विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उनको आरोप छ । भुईँको टिप्न खोज्दा, गोजीको खस्ला त्यतापट्टि सोच्नुपर्छ उनले दलहरुलाई आग्रह गरे ।