बिकाश डाँगी
तुलसीपुर, ८ असोज । आर्थिक आय आर्जनलाई सबल बनाउन समुदायमा सामुहिक आधुनिक कृषिकार्य गरेमात्र सम्भब हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । भरोसा कृषि सहकारी संस्था तुलसीपुरको प्रथम बार्षिक साधारण सभामा आज बोल्ने बक्ताहरुले बताएका हुन । आधुनिक कृषी तथा पशुपालन गरेमात्र आर्थिकरुपमा सबल हुने त्यसका एक जना ब्यक्तिले मात्र लगानी गर्न नसक्ने र सामुहिक रुपमा सहकारी मार्फत गरेमात्र सम्भव हुने बताएका थिए ।
२०७२ सालमा स्थापना भएको यस कृषी सहकारी संस्थाले अहिले कुखुरा पालन तथा तुलसीपुर बजारका विभिन्न स्थान फ्रेस हाउस संचालन गर्दै आएको र अब ब्यवसायीक कुुकुर पालन, पुष्प खेती ,ब्यायो ग्यास उत्पादन गर्ने जस्ता ब्यवसाय संचालन गर्न लागेको संस्थाका अध्यक्ष के.सीले बताउनु भयो ।
कार्यक्रममा भटे कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर ओली, साहारा बचत ऋण सहकारीका बासुदेव आचार्य, बृद्ध सेवा समिती तुलसीपुरका खिमकान्त आचार्य लगाएतले बोल्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन ब्यबस्थापन शालिकराम डांगीले प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष राम बहादुर केसीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण सेयर सदस्य तिलक शर्माले गर्नु भएको थियो ।
त्यसैगरी राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था तुलसीपुरकोे आज १९ औ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता एवं तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र बहादुर के.सीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भएको थियो ।