इन्द्रेणी संवाददाता
घोराही, ८ असोज । दाङको समग्र कृषि तथा पशुपालन व्यवसायबारे छलफल भएको छ । राजधानीबाट आएको एक संसदिय टोलीले आज जिल्ला कृषि विकास कार्यालय दाङमा कार्यक्रमको आयोजना राखी कृषक तथा कृषिसँग सम्बन्धीत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको हो ।
कृषि तथा जलस्रोत स्थलगत अनुगमन समितिका संयोजक एवं सांसद रामेश्वर ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख जगतबहादुर सिमखडाले जिल्लाको पशुपालन सम्बन्धी र जिल्ला प्रशासन कार्यालयका खाद्य निरिक्षक प्रतिक जोशीले जिल्लाको खाद्य सुरषा अवस्थाबारे कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दाङमा कृषि तथा पशुपालन व्यवसाय फस्टाउदै गएको भन्दै यसलाई अझ राम्रो र समयाअनुकुल बनाएर लैजान आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत पिताम्बर वस्नेतले गरेका थिए ।