डि.आर.एन.
नेपाली चलचित्र क्षेत्रमा एक पछि अर्को कलाकार आउने क्रम बढ्दै गएको छ । फिल्म पनि निरन्तर रुपमा बनिरहेकै छन् । तर जति फिल्म बन्छन् ति मध्ये केहि मात्रै आफ्नो लगानी सुरक्षीत राख्न सफल हुन्छन् । कैयौ फिल्म त कहिले आए कहिले गए भनेर समेत पत्तै हुदैन । नेपाली फिल्मको यस्तो बजारलाई फेरी एक पटक माथि उठाउने संकल्प गर्दै कुनै जमानाका चर्चित अनुहार फेरी फिल्मी दुनियामा कम व्याक भन्दै प्रवेश गरे ।
बरु फिल्म नै नखेलेको भए उहि पुरानो स्टारडम त थिदै थियो भन्ने सम्म पनि पुगे असफल पात्रहरु । आजको यो स्तम्भमा हामिले नेपाली चलचत्रि उद्योगमा कमव्याक भएका कलाकारले अभिनय गरेका फिल्म कस्ता भए भन्ने बारे चर्चा गर्नेछौ । दर्शकको साथ र सहयोग कसले कति पायो ? को फेरी हिट भयो र को असफल भयो भन्ने बारे जानकारी गराउनेछौ ।
नेपाली चलचित्र क्षेत्रमा कमव्याक को दौडमा धेरै कलाकार परे । राजेश हमाल,शिव श्रेष्ठ,सरोज खनाल,करिश्मा मानन्धर,निखिल उप्रेती,रमित ढुगांना,बिराज भट्ट, रमेश उप्रती आदि । यि कलाकारको कमव्याक कस्तो रह्यो त ? कुरा सुरु गरौ महानायकको उपमा पाएका राजेश हमालको । राजेशको कमब्याक भन्दै चलचत्रि ’बागमती’ फिल्मको प्रचार गरियो, फिल्मको प्रचार प्रसारमा राजेश धेरै लागे ।
फिल्म नै नचलेपछि शिवको पनि हाउँभाउँ चलेन । चलचत्रि भाग सानि भागमा देखिएका अर्का राम्रा कलाकार हुन सरोज खनाल । केहि समय अमेरिका विताएर नेपाल आएका सरोज फेरी नेपाली फिल्ममा नै केहि गर्ने सोचका साथ फिल्म खेले तर के गर्ने चलचित्र भाग सानि भाग कहिले आयो कहिले गयो अह कसैलाई थाहै भएन । यति भन्दै गर्दा सरोज पनि सुपर डुपर फ्लप हुने कलाकार हुन भनेर भन्न नर्पला । यसैगरी नायक मात्रै नभएर कमव्याक को दौड मा नायिका पनि पर्छिन । कुनै समय एक छत्र राज गरेकी नायिका करिश्मा मानन्धर । उनले चलचित्र फागु आफै बनाईन । अभिनय पनि गरिन । म फेरी फिल्ममा फर्केकि छु भनेर प्रचार पनि गरिन तर उनले बनाएको यो चलचित्र पनि सफल हुन सकेन । भला करिश्मा आजभोली राजनितीमा व्यस्त भएकी छिन् ।
यसैगरी विराज भट्टको कमब्याक भनेर ’पर्शुराम’ को प्रचार गरियो त्यो पनि सोचेजस्तो चलेन् । बिराजको जुन पहिलाको क्रेज थियो त्यो पर्शुरामले कायम राख्न सकेन । विराजलाई अव फेरी नेपालमै बस्ने की भोजपुरी सिनेमा खेल्न जाने भन्ने कुरा सोचनिय बन्न सक्छ । कमब्याकको भीडमा पर्दामा रमेश उप्रेती आए । यसअघि नै गत बर्ष रिलिज फिल्म ’भाग् सानी भाग’को एक गीतमा देखिईसकेका उप्रेतीको खास भुमिका रहेको फिल्म ’ब्रासलेट’ रिलिज भयो, प्रदर्शन भएपछि दर्शकमा कौतुहलता पक्कै भयो होला । तीजको छेकोमा प्रदर्शनमा आएको फिल्मले पहिलो दिन २५ देखी ३० प्रतिशत अकुपेन्सीमा विजनेस गर्यो । दोश्रो दिन शनिबार सार्वजनिक बिदा अनि तीजको अघिल्लो दिन नै परेपनि चमत्कारिक बिजनेस गर्न सकेन् । त्यसैले उप्रेतीको कमब्याकलाई रिलिजको पहिलो तीन दिन हेर्ने हो भने दमदार मान्न सकिँदैन् फिल्मको विजनेसबाट नै रमेश उप्रेतीको नाममा उनलाई खोज्दै दर्शक पुगेको पाईएन् ।
जसले उप्रेतीको स्टारडमको पनि भ्यालु बोलेको छ कि रमेश उप्रेतीको नाममा फिल्म हेर्न हलमा पुग्ने दर्शक अहिले छैनन् । पुरानो क्रेज अस्ताईसक्यो अब उनको पुस्तालाई पर्दामा जम्न मुश्किल छ भन्ने कुराको प्रमाणित पनि रमेश उप्रेतीको कमब्याकले बोलेको छ । फिल्मको विजनेसबाट निर्माता केशव भट्टराई अनि निर्देशक निर्मल शर्मा पनि सन्तुष्ट नरहेको बुझ्नसकिन्छ । यसैगरी राष्ट्रिय हितमा समर्पित फिल्म भन्दै रमित ढुगांना नेपाली फिल्मी नगरीमा फेरी आए चलचित्र वुद्ध वर्न इन नेपाल लिएर । उनले यो चलचित्रलाई वुद्ध जयन्तीकै दिन देखि हलमा लगाए । तर उनको चलचित्र हेर्ने दर्शक पनि हलमा देखिएनन् । उनले बनाएको यो चलचित्र राम्रो हुदा हुदै पनि दर्शक हलमा नआउनुमा रमित अचम्ति भए । एक्सन र लव मा प्राय देखिएका रमित राष्ट्रिय फ्लेभरको कथामा जम्न सकेनन् ।
उनलाई यो चलचत्रिमा दर्शकले साथ दिएनन् । भला रमित ले बनाएको यो चलचित्र आजभोली उनले काठमाडौका विभिन्न विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई देखाउदै हिडेका छन् । अव कुरा गरौ कमव्याक को भिडमा आफ्नो पुरानो क्रेज जोगाउन नेपाली फिल्म उद्योगमा पुन ः फर्किएका नायक निखिल उप्रेतीको । कमव्याकको भिडमा नेपाली फिल्ममा फर्किएर पुन ः पहिलाको भन्दा पनि अझ राम्रो स्टारडम राख्न सफल एक मात्र नायक हुन् निखिल उप्रती । उनी चलचित्र भैरव मार्फत फर्किए ।
उनले बनाएको यो चलचित्र व्यवसायिक रुपमा सफल हुनुका साथै दर्शकले अत्यन्त मन पराएको चलचित्रमा पर्दछ । यसकारण पनि चलचत्रि भैरव मार्फतको निखिलको पुनरागमनलाई सुखद मान्न सकिन्छ । भैरव लगत्तै उनी चलचित्र लुटेरा मा पनि देखिए । यो फिल्म पनि सफल भयो । यसरी हेर्दा एक पछि अर्को फिल्म हिट भईरहदा निखिल कमव्याकको भिडमा सर्वाधिक हिट कलाकारको सुचिमा पर्ने कलाकार हुन् । उनी द्धारा अभिनित चलचित्र संरक्षक , निर्भय ,किगं छिटै रिलिजको तयारीमा छन् ।