
‘हाम्रा बा लाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे’– यस्तै भन्दै नाकको सिंगानलाई पाखुरा वा बाहुलाले पुछ्दै दगुरिन्थ्यो । फाटेको जाङे हल्लाउँदै, उस्तै परे सिंगानलाई सो¥याक्क तानेर नाकभित्रै तह लगाएर वा कुर्लुक्क निलेर पछिपछि दगुरिन्थ्यो । हामी केटाकेटीहरुलाई त्यतिविधि आकर्षित गर्ने जन्तु थियो– हवाईजहाज । हेलिकोप्टरको नाम ‘भटभटे’ र हवाईजहाजको नाम शायद त्यही नै थियो । त्यतिबेलाको समयमा ‘प्लेन’ भन्ने अंग्रेजी शव्द हाम्रो बालमस्तिष्कमा पसेकै थिएन होला । हावाको वेगसँगै हाम्रो भूगोलको क्षितिजभित्र प्रवेश गरेदेखि क्षितिज पार नगरेसम्म हवाईजहाजको आवाज र आकृति पछ्याउँदै त्यसैको पछिपछि दगुरिन्थ्यो यस्तै भन्दै ।
हाम्रा बा, बाजे, गाउँलेहरु, आफन्तजनहरु रोटीको खोजीमा मुग्लान पस्ने चलन पुरानै हो । मेरो जन्मभूमि रोल्पामा त झन यो चलन बाक्लै छ । राप्तीमा धेरै पानी बगिसक्यो समयक्रममा । परिस्थितिमा धेरै छलाङ मारिसक्यो समयले । तैपनि रोजीरोटी खोज्ने हाम्रो पुरानो चलन आज झन नयाँ आवरणमा परिस्कृत हुँदै नयाँ नयाँ आयाम र आकारमा प्रकट भइरहेछ । मुग्लान पस्ने बाउबाजेका छोराछोरी र नाति÷नातिनाहरु अर्थात् युवापुस्ताले यतिबेला आफूलाई वैदेशिक रोजगारको नाममा सिंगापुर, इजरायल, कोरिया, जापान, हङकङ, साइप्रस, मलेशिया, साउदी अरेविया, कतार लगायतका मुलुकहरुमा पु¥याइरहेका छन् । हामी केटाकेटी छँदा हाम्रा बाउबाजेहरु भारतबाहेकका मुलुकमा सीमित संख्यामा मात्रै जान्थे होलान् । मूलतः भारत जाने चलन थियो त्यो बेला । हामी केटाकेटीलाई लाग्थ्यो– आकाशमा चारैतिर घुम्ने यो जन्तुलाई पक्कै पनि हाम्रा विदेशिएका आफन्तहरुको बारेमा जानकारी होला । उहाँहरुको नालीबेली थाहा होला । किनभने ऊ चारैतिर घुम्ने गर्छ । त्यही मान्यता भएकैले उसलाई हाम्रो आग्रह हुन्थ्यो– हाम्रा बालाई पठाई दे, हाम्रा मामालाई पठाई दे, हाम्रा मामालाई पठाई दे आदिइत्यादि ।
त्यो बेला र यो बेलामा केही भिन्नता पक्कै छ । विचार, भावना, शिक्षा, स्वास्थ्य सबै दृष्टिले हाम्रो मुलुकले एकप्रकारको फड्को मारिरहेको छ भन्दा अत्युक्ति नहोला । तैपनि हाम्रो त्यो उमेरका केटाकेटीहरु आज रोल्पामा के गर्दै होलान् रु जीवनशैलीमा केही परिवर्तन आएको देखिए तापनि उतिबेलाका हामीहरुको छायाँ आजका केटाकेटीहरुमा नहोला भन्न सकिदैन । हाम्रो पदचिन्हमा हिंडिरहेका केटाकेटीहरु कति होलान् रु प्रश्न अनुत्तरित छ । सिँगान पुछ्दै फाटेको जाङे हल्लाएर हवाईजहाजको पछि दगुर्ने आजका ‘हामी’हरुको संख्या ठूलै छ जसले नजिकबाट हवाईजहाज देख्नै पाएका छैनन् । चढ्ने र उड्नेको कुरा त धेरै परको भयो ।
जहाज उड्दै गर्दा रुई र चकलेट ट्रेमा लिएर आइन्– अघिकी सुन्दरी । अरु यात्रुहरुको सिको गर्दै कानमा रुई कोचारें, मुखमा चकलेट घुसारें । केहीबेरपछि हातमा पत्रपत्रिका लिएर उनै सुन्दर मेरो अगाडि उभिइन् । रुचीअनुसार पत्रिका समाए यात्रुहरुले । कसैले पत्रिका पढ्न चाहेनन् । मैले सहजरुपमा ‘कान्तिपुर’ दैनिक समाएँ र पहिलो पृष्ठका समाचार शीर्षकहरुमा आँखा डुलाएँ । अघिल्लो दिन आन्दोलनरत दलका नेताहरुमाथि लाठीचार्ज भएकाले आन्दोलनकारीहरुले त्यस दिन विरोधस्वरुप ‘उपत्यका बन्द’को कार्यक्रम राखेको समाचार पनि थियो त्यसमा । परेन फसाद रु पुनः हवाईजहाजलाई बस सम्झिएछु मैले । यातायातको साधन नचल्ने ठानेर एकछिन उत्रने सोंच पलायो मनमा । जहाज उडिसकेपछि उत्रने कुनै सम्भावना नै थिएन । फेरि पनि हुस्सु बनेकोमा म मनमनै हाँसिरहें, जहाज आफ्नो गतिमा हुइँकिइरह्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सडक सुनसान थियो । यात्रुहरु अलपत्र थिए । सबैका अनुहारमा चिन्ताको भाव पढ्न सकिन्थ्यो । नेपालगञ्जबाट काठमाडौं पुग्नुभन्दा विमानस्थलबाट कीर्तिपुर पुग्न कठिन भयो हाम्रा लागि । जहाजमा उडेर काठमाडौं पुगी रिक्सामा गुडेर कीर्तिपुर आउन थालेको जानकारी साथी नवीन विभासलाई गराएर पार्वतीजी र मेरो रिक्सायात्रा प्रारम्भ भयो कीर्तिपुरका लागि । सडकैभरि आन्दोलनको राप थियो । आन्दोलनकारीहरुसँग छलिँदै करीव डेढ घण्टामा कीर्तिपुर प्रवेश ग¥यौं ।
साँझ नवीनजीले हातमुखको जोहो गरिरहँदा खाटमाथि पल्टिएर सोचें– कति होलान् नेपालमा जहाजलाई सपना ठान्ने रु कति होलान् सिँगान पुछ्दै र जाङे हल्लाउँदै हाम्रा बा र दाजुलाई पठाई दे भनेर हवाईजहाजको पछिपछि दगुर्ने रु कति होलान् बसले झैं झ्याँक्ने डरले हवाईजहाजको अघिल्लो सीट रोज्ने रु
आज यो संस्मरण लेखिरँदा गमिरहेछु– आजको शहरिया युवापुस्ता धेरै अगाडि पुगिसक्यो । कोठाको कम्प्यूटर अगाडि बसेर यो पुस्ता संसार विचरण गरिरहेको छ । संसार बुझेको यो पुस्ता र हाम्रो त्यो पुस्तावीच पुस्तान्तरको ठूलो खाडल कहिले पुरिएला रु जबकि हामी विभिन्न बहानामा टेलिफोन काटिरहेछौं, इन्टरनेट प्रतिबन्धित गरिरहेछौं अर्थात् विज्ञानलाई निषेध गरिरहेछौं !!!