Indrenionline.com

करेन्ट लागेर एक भारतिय नागरिकको मृत्यु

कुशुम वि.क./बर्दिया
असोज,७ गुलरिया । बर्दियाको गुलरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गुलरियामा रहेको गुप्ता सप्लायर्स अर्थात गुप्ता ग्रिल उद्योगमा काम गर्ने भारतिय नागरिक ४० वर्षिय मोहन लोधको मृत्यु भएको प्रहरीले बताएको छ ।

आज दिउसो तल्लो तलामा काम गर्दै गर्दा माथिल्लो तलामा गएका लोधको माथिल्लो कोठामा नै करेन्ट लागेको उनका सहकर्मि वजरंगी लोधले बताउनु भयो । आफु बाहिर भएको र सोहि बेला करेन्ट लागेको थाहा पाएपछि अस्पताल लगेको र त्यहा डाक्टरले मृत घोषणा गरेको बताउनु भयो ।

भारतिय नागरिक मोहन लोध दैनिकी ज्यालादारीमा काम गर्दै आएको गुप्ता सप्लायर्सका प्रँेपाइटर दुर्गा गुप्ताले बताउनु भयो । लोधको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भरतबहादुर बोहराले करेन्ट लागेर मृत्यु भएको हो वा छारे रोगले मुर्छा परेको बेला करेन्ट लागेर मृत्यु भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट बाट मात्रै थाह हुने बताउनु भयो ।