उदयपुर, ७ असोज । उदयपुरमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो वस्तु चराउन गएका त्रियुगा नगरपालिका–६ खैजनपुरका ५० वर्षे वुचन चौधरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
घाइते दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तीन दिनअघि पनि चट्याङले लागेर उदयपुरको सिद्धिपुर गाबिसका दुई जनाको ज्यान गएको थियो ।