पर्वत, ७ असोज । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरिएको छ ।
मानसिक सन्तुलन बिग्रिएका निर्मल पौडेललाई माफी दिएकाले उनका आफ्नै परिवार डराएका हुन् । पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।