जनक नेपाली
दाङ । राजपुर ९ भौवानाका निवासी पत्रकार छत्र परियार वचाउँ अभियान अन्तरगत ‘के तपाई सय रुपैयाँ’ छ – अभियान दाङमा सुरु गरिएको छ । घोराही नगरपालीकमा कार्यरत घोराही १० कपासी निवासी राधा रिजालले अभियानका संयोजक जनक नेपालीलाई एक सय पचाँस रुपैयाँ हस्तान्तर संगै अभियानको सुरु गरिएको थियो ।
अभियान सुरु भएसंगै परियारको उपचारका लागि पत्रकार महासंघ दाङका अध्यक्ष सूदीप गौतम , महासंघ दाङका पुर्वउपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसी, पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, अधिकारकर्मी विनोद केसी, इन्द्रेणी अनलाइनका प्रधान सम्पादक केशरमान बुढाथोकी, पत्रकार निशानदाजु भट्राई, कालागाउँ ७ सल्यान हाल घोराही ११ बस्ने चन्द्राबस्नेत, युवा व्यावसायी महेन्द्र वुढाथोकी, अनिता केसीले एक सय/एकसय रुपैयाँ संयोजक जनक नेपालीलाई हस्तान्तर गर्नुभएको थियो ।
परियारको उपचारका लागि हाल सम्म एकहजार सय पचाँस रुपैयाँ सहयोग सङकलन गरिएको छ । त्यस अवसरका पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले यो अभियान सानो देखियता पनि यसले ठुलै महत्व बोकेको वताउँनुभयो । समाजमा पछाडी पारिएका वर्ग समुदायका लागि पत्रकारिताले गरिवहरुको आवाज बनेर बोलेको उल्लेख गर्नुभयो । यस्तै पुर्व उपाध्यक्ष नरेन्द्र केसी छत्रको उपचारका सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।