विरगञ्ज ७ असोज । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेर ठगी मुद्दा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ ।
‘ठगिने व्यक्ति को हो ? भन्ने नखुलेको, किर्ते पुष्टी गर्ने आधार पनि नभएको र ठगीको परिभाषा भित्र पनि नपरेको ठहर अदालतले गरेको छ,’ श्रेस्तेदार खरेलले भने, ‘अदालतले ठगी गरेको प्रमाण फेला नपारेपछि सफाइ दिएको हो ।’