जुम्ला, ७ असोज । जुम्लामा कक्षा ११ र १२ का विद्यार्थीहरुले भर्ना तथा मासिक शुल्क नतिर्ने भएका छन् । जिल्ला शिक्षा कार्यालय जुम्लाले ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नउठाउन विद्यालयहरुलाई परिपत्र गरेपछि शुल्क नतिर्ने भएका हुन् ।
तरपनि मनोमानी ढंगले विद्यार्थीहरुबाट शुल्क उठाइएको व्यापक जनगुनासो आएपछि सम्बन्धित उच्च माविहरुलाई यो परिपत्र गरिएको जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जानकारी दिए ।
‘तत्काल शुल्क लिने काम नगर्न, नगराउन अनुरोध गरिसकेका छौं, यदि यो कार्य नरोकिए कारवाही प्रक्रिया अगाडि बढाउँछौं’, जिशिअ फडेराले भने ।