तुलसीपुर, ६ असोज । सामिजिक सेवा दिवसको अवसरमा मानव अधिकार तथा शान्ती समाजले तुलसीपुरमा दिप प्रज्वलन गरेको छ । तुल्सीपुरमा रहेको शान्ति स्मारकमा सामाजिक सेवा दिवस र विश्व शान्ती दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा पुर्व अध्यक्ष निर्मल नेपाली, तुलसीपुर नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल, नेपाल पत्रकार महासंघ दाङका कार्य समिति सदस्य गोपाल शर्मा भट्टराई, बालाराम खडका, रासस प्रमुख नारयणी रजौरे, अपाङअधिकारकर्मी यज्ञ विक लगायतकाले वोल्नु भएको थियो । कोषाध्यक्ष निर्मला योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद कार्य समिति सदस्य नविन पोख्रेलले दिनु भएको थियो । भने सञ्चालन सचिव शरद रेग्मीले गर्नु भएको थियो ।