बर्दिया ६ असोज । बर्दियामा भरुवा बन्दुक एक थान सहित आठ ओटा त्यसमा लाग्ने गोली बेवारिसे अवस्थामा फेला परेको छ । बर्दियाको सदरमुकाम गुलरिया देखि करिब १२ किलोमिटर पश्चिम तर्फ रहेको सानो श्री ताराताल नगरपालिका वार्ड ६ मा रहेको श्री गणेश शिव दुर्गा सामुदायिक बनको जगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ८ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक नेत्रमणि गीरिले जानकारी दिनु भयो ।