दीपबहादुर घर्ती
जाजरकोट, ५ असोज । जिल्ला सदरमुकाम खलंगामा पोषण सुधारका लागि स्वास्थ्य आमा समुहद्धारा सर्वौतम पिठो उद्योग सञ्चालन गरिएको छ । वच्चा र आमाको पोषण सम्वेदनशिलतालाई ध्यान दिदै स्वास्थ्य आमा समुहले सर्वोतम पिठो उद्योग सञ्चालन गरेका हुन ।
गत वैसाख महिना देखि सञ्चालनमा आएको सर्वोतम पिठो उद्योग सिमिचौतारा स्वास्थ्य आमा समुहले सञ्चालन गरेको छ । मकै, गहुँ, चना, भट्ट भुटेर मेसिनमा पिसेर सर्वोतम पिठो वनाईने सिमिचौतारा स्वास्थ्य आमा समुह कि सचिव पदमा शाहले वताईन् ।
उक्त सर्वोतम पिठो ६ महिना भन्दा माथिका वालवालिकाहरुका लागि प्रयोग गर्न सकिने वताइएको छ । सर्वोतम पिठोवाट मानव स्वास्थ्यका लागि प्रोटिन र कार्वोहाइड्रेट प्राप्त हुने वताईएको छ । सर्वोतम पिठोलाई धुद तथा पानीमा पकाएर खाना सकिने वताईएको छ । ध्यु, नुन, चीनि लगाएतका अरु हरियो साँगपात राखेर पकाउन सकिने वताईएको छ ।