काठमाडौं, ६ असोज । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
समितिले सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । पोखरेल नेपाल टेलिकमकै प्रवन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।