काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) हरुले पछाडि पारिएका जनताको जिवनस्तर माथि उठाउने र उनीहरुको उत्थानको लागि काम गर्छाै भने पनि त्यो अनुसार काम नगरेको बताएका छन् । गैरसरकारी संस्थाहरुले तारे होटलमा प्रतिवेदन सार्वजनिक गरेर बजेट सक्ने गरेको दाहालको आरोप थियो ।
प्रधानमन्त्री दाहालले आइएनजीओहरु नेपाल आउने क्रम बढ्नुका पछाडि सामाजिक सेवाको भाव नै हो वा अन्य कुनै स्वार्थ छन् भन्ने बारेमा समीक्षा गर्न आवश्यक रहेको पनि बताए ।
नेपालमा हाल २ सय ६० वटा आइएनजीओहरु कार्यरत छन् । ती मध्ये कतिपय आइएनजीओले सरकारसँग अनुमति नै नलिइ आफुखुशी बजेट खर्च गर्दै आइरहेका छन् ।