पाँचथर, ६ असोज । लेकाली जंगलमा पाइने वनस्पति धसिङ्ग्रेबाट तेल निकाल्न सुरु गरिएको छ । पाँचधरको सिदिन र लुङरुपाको जंगलमा पाइने धसिङ्ग्रेको पातबाट तेल उत्पादन सुरु गरिएको हो ।
स्थानीय र आधुनिक प्रविधि मिसाएर बनाइएको मेसिनबाट तेल उत्पादन सुरु गरिएको हो । स्थानीय सामुदायिक वनसँग मिलेर कच्चा तेल उत्पादन थालिएको उत्पादक लिलाबहादुर गुरुङले बताए ।
सामुदायिक वनसँग हरेक वर्ष ५ प्रतिशतले बढ्ने गरी पहिलो वर्ष ५० हजार रुपैयाँ रोयल्टी दिइएको उनले बताए । यो तेल औषधिको रुपमा प्रयोग हुने गुरुङले जानकारी दिए । उत्पादित तेल लिटरको दुई हजार दुई सय रुपैयाँको दरमा बिक्री हुन्छ ।