चितवन, ६ असोज । स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको अनियमितताको विषयमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले चिकित्सा क्षेत्रमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै यसको छानबिन हुनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा मन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताए ।
प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनुहुँदैन भन्ने मानसिकता गलत भएको बताए ।