काठमाडौं, ६ असोज । सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ ।
नियमावलीमा सात वटा प्रदेशमा रहेका उच्च अदालत र इजलास गठनसमेत गरेको छ । त्यसलाई व्यवस्थित गर्न कार्यविधिमा समेटिएको छ ।
सरकारले संशोधित एकीकृत न्याय प्रशासन, न्याय परिषद्, न्याय सेवा र सर्वोच्च अदालत ऐनअनुसार गएको बुधबार उच्च अदालत रहने स्थान तोकेको थियो ।