काठमाडौं, ६ असोज । सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धमा भएको निर्णय नपठाए अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको छ । बुधवार मात्रै यस्तो आदेशसहितको पत्र सर्वाेच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो ।
सात दिनभित्र नियुक्तिको फाइल नपठाए अवहेलनामा कारबाही हुने चेतावनीसहितको आदेशमा दिइएको थियो ।
अति गोप्यु भन्दै छाप लगाइएको खामबन्दी साँझ पाँच बजे सर्वोच्च प्रशासनबाट चलानी भएको थियो । उक्त आदेश बुधबारै प्रधानमन्त्री कार्यालयमा पुगेको छ । कार्कीको नियुक्तिलाई लिएर कानुनी प्रश्न उब्जाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्चको संयुक्त इजलासबाट खारेज भएपछि फैसलामा चित्त नबुझेको भन्दै अर्को पुनरावलोकन दर्ता भएको थियो ।