Indrenionline.com

दाङको विकासका लागि कांग्रेसको डेलिगेशन

घोराही, ५ असोज ।  दाङको समग्र विकासको लागी कांग्रेस दाङ क्षेत्र नम्बर ३ राजधानी डेलिगेसन गएर फर्केको छ । क्षेत्र नम्बर ३ लगायत समग्र दाङको विभिन्न क्षेत्रको विकासकालागी क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा राजधानी पुगेको टोलीले विभिन्न मन्त्री तथा नेताहरुसँग छलफल गरेर माग गरेको हो ।

सांसद राजु खनालसँगै पुगेको टोलीले डेलिगेशन अन्तरगत कांग्रेस नेता खुमबहादुर खड्का, सिचाई मन्त्री दिपक गिरी, अर्थ मन्त्री कृष्णबहादुर महरा, स्वास्थ्य मन्त्री गगन थापा, वन मन्त्री शंकर भण्डारी, भौतिक तथा यातायात मन्त्री रमेश लेखक लगायतसँग भेट गरि समग्र टरिगाँउ एयरपोर्ट, कटुवा खोलामा हाईड्याप, घोराही–मुर्कुटी हुदै प्यूठान जोड्ने बाटो कालोपत्रे, कुईरेपानी हुदै शितलपुर जोड्ने बाटो स्तरवृद्धि, स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना लगायतका विषयमा छलफल गरेको र आफूहरुका मागका बारेमा सकारात्म प्रतिक्रीया दिएको पनि क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।

साथै भेटका क्रममा संघिय संरचना अनुसार दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने विषयमा पनि वृहत रुपमा छलफल भएको र नेता तथा मन्त्रीहरुले दाङ राजधानी बन्न उपयुक्त भएको भन्दै यसकालागी दंगालीहरुले दबाब दिनुपर्ने बताएको डाँगीले जानकारी दिनुभयो ।