काठमाडौं–गुन्डा र प्रहरीबीचको कनेक्सन कति बलियो हुँदो रहेछ भन्ने कुरा हालैको एउटा घटनाले देखाएको छ । गुन्डागर्दीकै भरमा ठेक्कपट्टा गर्दै आएका एक गुन्डाले एउटै ठेक्काबाट प्रहरीलाई ७० लाख रुपैयाँ बुझाएको रहस्य खुलेको छ ।

डन दीपक मनाङेका दाहिने हातका रुपमा चिनिने उमेश लामा यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन् । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी भवन निर्माणको ठेक्का मिलाएपछि उनले प्रहरीलाई मात्र ७० लाख रुपैयाँ बाँडेको खुलेको हो ।
लामाले ८ वटा प्रहरी कार्यालयको भवन निर्माणको ठेक्का पाएका छन् । जसमध्ये एक चितवनस्थित जुनियर प्रहरी एकेडेमीमा पनि हो । जुन सात करोड रुपैयाँको ठेक्का हो । मिलेमतोका आधारमा अधिकतम दररेटमा उनले ठेक्का पारेका थिए । आजको दृष्टि साप्ताहिकलाई उद्दृत गर्दै रातो पाटीमा खबर छ ।