गुल्मी ५ असोज । वर्षातका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् ।

पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षीय खेमराज थापा, उनकी श्रीमती ३२ वर्षीय सुनिता थापा, ३ वर्षीया छोरी हीरा थापा र सात वर्षीया वर्षा थापा र दिब्रुङ–६ का ३१ वर्षीय दीपक थापा घाइते भएका छन् । उनीहरुको स्थानीय शान्तिपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।