काठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ ।
स्रोतअनुसार सोही क्रममा अख्तियारले प्रारम्भिक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनु भन्दै पत्र लेख्ने तयारी गरेको हो । अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजालले सोही दिनमै पठाउने तयारी भइरहेको जानकारी दिए ।