चेतन रेग्मी
दाङ । तुलसीपुर बजारलाई सरसफाई राख्नका लागी शुरु गरिएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानको पाचौ हप्ताको कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुरको विरेन्द्र चौकबाट अभियानको शुरुवात गरिएको हो । आजको अभियानको नेपाल बार एशोसियसनका पुर्व केन्द्रीय उपाध्यक्ष पदम प्रसाद वैदिकले नारा लगाएर शुरु गर्नु भएको हो । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्यआयोजना तथा बाहीनी चौक स्थीत राधामाधव समीती लगाएत दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान अन्तरगत आज (क) लाईनको वाहिनी चौक ग्रुम्राचौक,त्रीसीद्धेश्वरी मन्दीर हुदै इश्वरीय ब्रम्ह कुमारी परीसरमा सरसफाई गरीएको छ ।
क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानमा पांचौं साता प्रवेश गरीरहंदा तुलसीपुरको मुहार फेरीन थालेको छ । यद्धपि सरकारी कार्यालय अगाडिका सडक पेटीहरुमा भने अझै फोहर संकलन र व्यवस्थापन हुन सकेको छैन । नागरीकहरुमा फोहर व्यवस्थापनको चेतनामा सकारात्मक परीवर्तन आइरहेको अवस्थामा फोहर व्यवस्थापनकालागी कर्मचारी राखेका सरकारी कार्यालयकै अगाडि फोहर व्यवस्थापन हुन नसक्दा ती कार्यालयहरुको सर्वत्र आलोचना हुन थालेको हो । नगरपालिकाले यो विषयमा चेतावनी दिएपनि फोहर व्यवस्थापन नहुंदा अव कानुनी कारवाहि थाल्ने समेत जनाएको छ । हरेक हप्ताको मंगलवार विहान ७ :३० वजे देखि एक घण्टा सम्म संचालन हुने सरसफाई अभियान अन्तरगर्त मंगलवार पांचौ हप्ताको अभियान सम्पन्न भएको छ । सरसफाइ पस्चात सदा जस्तै आज पनी राष्ट्रीय भावका गितमा नाचगान गरी समापन गरीएको हो ।