Indrenionline.com

बोक्सी भन्दै दलित महिलालाई कुटपिट गर्ने भण्डारी विरुद्ध मुद्धा

दाङ । तुलसीपुर नगरपालिका वडा नम्बर १९ जसपुर निवासी ६५ बर्षीया मोती परियार माथि दलित र बोक्सी भएको भन्दै कुटपिट गर्ने तुलसीपुर २०की अनिता भण्डारी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्धा दायर गरिएको छ । पिडित मोति परियारले ईलाका प्रहरी कार्यालयमा सार्वजनिक अपराध अन्तरगत मुद्धा दायर गरिएको  ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख सन्तोष रोकाले जानकारी दिनुभयो ।

मुद्धा दायर भएसंगै प्रहरीले पिडक अनिता भण्डारीलाई आफ्नो नियन्त्रण लिएको  निमित्त कार्यालय प्रमुख रोकाको भनाई छ । मुद्धा बेलुकी ४ बजे मात्र दायर भएकोले आज म्याद थप गर्न नसकिएको उहाँको भनाई छ । प्रहरी नियन्त्रणमा रहेकी भण्डारीलाई भोली जिल्ला अदालतवाट म्याद थप गरिने उहाले जानकारी दिनुभयो ।

मोतिका छोरा अर्जुन परियार लामो समय देखि विरामी भएका कारण पिडित मोति परियार गतभदौ ३० अक्षता हेराउन भन्दै  तुलसीपुर नगरपालिका २० नवलपुरमा पुग्न भएको थियो ।भदौ ३० गते नवलपुरमा लाग्ने सुवाकोटी मेलामा अक्षता हेराउँदा विरामी हुनको कारण पत्ता लाग्ने भन्दै परियार अक्षता हेराउन पुग्नु भएको थियो ।

मैले अक्षता देखाएको र्फकेको लामो  समयपछि  दुई जनाले देखाउँनु भयो एक्कासी धामी रुन कराउँन थाले नजिकै रहेका एक व्यक्तिले धामी संग अक्षता हेराउन दलित बोक्सी महिला आएको  धामीकी बहिनी अनिता भण्डारी लामाले कुटपिट गरि घाईते वनाएकि थिईन । मेरो दाईलाई खान लागेकी  भन्दै कुटपिट गरेको पिडित मोति परियारले उल्लेख गर्नुभयो ।

थानमा दलित आएर अनिष्ट भएको वताउँदै मोतिलाई  अनिता भण्डारी कुटपिट गरेकी थिईन । दलित आएर अक्षता हेराएपछि दाजु विरामी परको भन्दै उनले कुटपिट गरेकी हुन । अनिताको कुटाईबाट मोतिको टाउँको आखाँ मुखमा समेत गम्भिर चोट लागेको छ ।

अनिता दाजु प्रह्लाद भण्डारीले कुलपुजाका लागि  सात दिन सम्म खाना नखाई व्रत बसेर कारण चच्चकर लागेर आफु ढलेको वताउनुभयो । यसका साथै आफुले मोति परियारलाई दलित बोक्सी नभनेको उल्लेख गर्नुभयो ।

कुटपिटको कारण मलाई थाहा छैन के के  भयो म थानमा थिए त्यसैले यस घटनाका बारेमा आफु अनविज्ञ रहेको भनाई छ ।
यस्तै घटनाका प्रत्यक्षदर्शीका अनुसार  परियारलाई भण्डारीले विना कारण कुटपिट गरेको  उल्लेख गरेका छन् । ज्यान मार्ने उद्देश्यकले कुटपिट गरेको वताएका वताएका छन् ।