इन्द्रेणी संवाददाता
रोल्पा, ४ असोज । रोल्पामा कुकुरले टोक्दा दुई जनाको मृत्यु भएको छ । सिर्प ५ सिमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगरको मृत्यु भएको हो ।
वहुला कुकुरले टोकेपछि घाइते केहीले सुलिचौर रुइनिबाङस्थित नेशनल मेडिकलमा रेविजवरुद्धको भ्याक्सिन लगाएको घाइते बताउँछन् । घाइते केहीले सोही मेडिकलबाट भ्याक्सिन मगाएर गाउँकै क्लिनिकमा लगाएका छन् ।
गाउँलेलाई टोक्ने कुकुरलाई गाउँलेले त्यतिवेला नै मारेका थिए । घटनाबारे प्रहरीलाई जानकारी नगराएका गाउँलेको कुकुर धनीले नै घाइतेले लगाउने भ्याक्सिन र उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । भ्याक्सिन लगाए पनि घाइते मर्न थालेपछि गाउँले पुरै त्राहीमाम भएका छन् ।