Indrenionline.com

ख्रिष्टियन महासंघदारा १५ बुदे माग राख्दै प्रसासनमा ज्ञापन पत्र पेश

दाङ, ४ असोज । राष्ट्रिय खी्रष्टियन महासंघ नेपालले बिभिन्न १५ बुदे माग राख्दै आज दाङ सहित देशैभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । गत भदौ २२ र २३ गते खी्रष्टियन महासंघको दुई दिन सम्म चलेको दोस्रो महाधिबेशनले धार्मिक अधिकारको रक्षाकोलागि भन्दै सरकार सामु बिभिन्न १५ बुदे माग राख्ने र दवाव मुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
आज ७५ वटै जिल्ला प्रशान कार्यालय मार्फत प्रधानमन्त्रि र गृहमन्त्रिलाई ज्ञापन पत्र पेश गर्ने र पत्रकार सम्मेलको आयोजना गरी सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम अन्तर्गत आज दाङमा पनि सोहि कार्य गरिएको महासंघले जनाएको छ ।
nt2302
खी्रष्टियन समुदायको अस्तित्व पहिचान स्थापित गर्न र मण्डलि/चर्चहरुको राष्ट्रिय सरोकारका बिषहरु संवोधन गराउदै धार्मिक अधिकारको रक्षा र धर्मनिरपेक्षताको सस्थागत बिकासका मागहरु राख्दै १५ बुदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाईएको हो ।

धर्मनिरपेक्षताको सुनिश्चितता गरी अल्पसंख्यक धार्मिक समुदायहरुको धार्मिक पर्हिचान कायम गर्न बिभेदकारी कानुनी ब्यबस्थाको खारेजी गर्नुपर्ने, धार्मिक हक सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको सम्मान गर्दै राज्यद्धारा अल्पसंख्यक धार्मिक समुदायहरुको स्वतन्त्र सम्बन्धी हकलाई पूर्ण रुपमा स्थापीत गरी सम्पुर्ण धार्मिक आस्थाहरुको सम्मान गर्नुपर्ने लगाएतका १५ बुदे मागहरु रहेका छन् ।

यसैबिच दवाव स्वरुप भोलि देखि मसिंर १ गते सम्म देशभर हस्तारक्षर संकलन, प्रशिक्षण, अन्र्तक्र्रिया तथा प्रचार प्रसार अभियान संचालन गर्ने, मंसिर २ गते देशैभरबाट संकलित हस्तरक्षर गृहमन्त्रालयमा बुझाउने कार्यक्रम भएको बताईएको छ ।।