इन्द्रेणी संवाददाता
तुलसीपुर, ४ असोज । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना तथा विभिन्न सामाजिक संघसंस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा शुरु भएको क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियानमा पांँचौं साता प्रवेश गरेको छ । अभियानले तुलसीपुरको मुहार फेरीन थालेको छ ।
अभियानको पांचौ हप्ताकोअवसरमा आज वाहिनी चोक हुँदै (क) लाइृन हँुंदै गुम्राहा चोक राप्ती विद्यामन्दिर, अञ्चल प्रहरी कार्यालय हँुंदै त्रिशिदेश्वरी मन्दिर वरपर सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, स्कुले विद्यार्थीहरु, टोल विकास स.स्थाका प्रतिनिधि, राधामाधव समिति, ब्रम्हकुमारी, पुर्वप्रहरी संगठन, राजनितिक दलका प्रतिनिधिहरु, अधिवक्ताहरु सहभागी थियो ।
अभियानले तिब्र गति लिएपनि सरकारी कार्यालय यस क्षेत्रका सरकारी कार्यालयहरु अभियानमा उदासिन्ता देखाएको सरसफाइमा सहभागीहरुले बताएका छन् । उनीहरुले यो अभियान सबैका लागि तु्लसीपुरवासीको सानको रुपमा भएकाले सरकारी कार्यालयहरुले पनि पहल कदमी लिनुपर्ने बताए ।