काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक आज दाहालको निजी निवास लाजिम्पाटमा सम्पन्न भएको छ । बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।
भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ ।