Indrenionline.com

पौरखमा बाँचना सिक्दै बाजुराका एक युवक

खिमु केसी
बाजुरा, ४ असोज । बाजुरा जिल्ला डोगडी गाबिस वडा नं. १ भिडेतोला बस्ने नरबहादुर रावत एक साहसी तथा जागरिला युवक हुन् । आर्थिक हिसाबले अति बिपन्न परिवारमा जन्मेका नरबहादुरले जिवनका २१ औ बसन्त पार गरेका छन् ।

बुवाको कान्छो तथा अन्तिम सन्तानको रुपमा जन्मेका उनका २ वटा दाजुभाई छन् । उनको परिवारमा खेती कृषानी बाहेक आम्दानीको अन्य श्रोत छैन । पाखो जग्गा उत्पादन कम भएकाले उनको परिवारलाई आफ्नो खेतीबाट ३ महिना मात्र खान पुग्ने र बांकी ज्याला मज्दुरी बाट आएको पैसाले किनेर खाने गर्दछन् । उनी ७ बर्षको हुंदा बुवाको मृत्यु हुदा उनको बाल्यकाल दुखपिडामा नै बित्यो । बल्लतल्ल १० कक्षा सम्मको शिक्षा पुरा गरेका उनी १७ बर्षको हुदा आमाको मृत्यु भएपछि उनका लागि अगाडीको शिक्षा त झन टाढाको कुरा भईहाल्यो ।

बिबाह गर्ने चाहना नहुदा नहुदै पनि घरायसी समस्याले गर्दा सानै उमेरमा बिबाह गरी एउटा सन्तान जन्मिएपछि आफु झन पारिवारिक समस्यामा फसेकालेआर्थिक तथा मानसिक पिडाले ग्रसित हुनुपरेको दुखेसो पोख्छन् नरबहादुर । हाल उनीसंग छोरा, श्रीमति र आफु गरी ३ जनाको परिवार छ । बिबाह पश्चात सन्तान भएपछि उनलाई आर्थिक समस्या झन थपियो । उनी संग परिवारलाई पाल्ने कुनै उपाय नै थिएन एकातिर पढाई र आमाको मृत्युमालागेको कर्ज तिर्नुपर्ने र आर्को तिर मज्दुरी गरि परिवारलाई पाल्नुपर्ने भएकाले नर बहादुरलाई सुखको स्वास फेर्न पनि गाह्रो भयो । गाउघरमा रोजगारीका कुनै अवसर नभए पछि ३ बर्ष पहिले उनी भारतको उत्तरखण्डमा गएर एउटा सिमेन्टको पसलमा काम गर्न थाले । गाडी बाट सिमेन्ट र सरिया लोड अनलोड गर्नु पर्ने कडा श्रmममुलक काम भएकोले आफुले ठुलो दुख पाएको दुखेसो पोख्छन नर बहादुर । काम गरौ साह्रै गाह्रो, नगरौ साहुको ऋणको चिन्ता जे भए पनि सकि नसकी एक बर्ष त्यहा काम गरि ऋण तिरे पछि उनले आफ्नै गाउमा केही गरेर खाने बाचा गरि भारतबाट घर फर्के । भारतबाट फर्केर आएपछि पनि फेरी नर बहादुरका पहिलेका दिनहरु बल्झिन थाले, उनलाई फेरी पनि के खाउ के लाउ भन्ने समस्याले सताई रह्यो तर उनका लागि परिवारलाई पाल्ने एकमात्र बिकल्प थियो खेती कृसानी र ज्याला मजदुरी ।
बि.सं. २०७२ मा सामुदायिक बिकास कार्यक्रमले बाजुरा जिल्लाका डोगडी लगायत १० वटा गाबिसहरुलाई कार्यक्षेत्र बनाई युपिसिए का बिधिहरुको प्रयोग गरि गाबिस तथा वडाका अति बिपन्न बस्तीहरुमा नागरिक सचेतना केन्द्र गठन गरि रुपान्तरणिय सामाजिक परिचालनको माध्यमबाट आफ्ना क्रियाकलापहरु संचालन गर्न थाले । डोगडी गाबिस वडा न. १ भिडेतोलामा गठित प्रगतिशिल नागरिक सचेतना केन्द्रमा उनको परिवारले पनि सदस्य बस्ने अवसर पाए । यसरी कार्यक्रम मार्फत समुदायमा संचालित बिभिन्न क्रियाकलापहरुमा सहभागी हुदै गर्दा उनले पनि धेरै कुराहर सिक्न सफल भए । के खोज्छस् काना आखो भने झै सामुदायिक बिकास कार्यक्रम द्धारा समुदायमा आर्थिक तथा सामाजिक कारणले पछाडी परेका अति बिपन्न तथा बेरोजगार युवायुवतिहरलाई स्वरोजगारीको सुजना गर्ने उद्धेश्यले संचालन गरेको व्यवसायिक सिप बिकास तालिम अन्तर्गत २ महिने आधारभुत मोवाईल मर्मत तालिमका लागि प्रगतिशिल ना .स.के बाट उनको नाम सिफारिस भई आए पछि उनले तालिम लिने अवसर पाए । तालिममा मोवाईल मर्मत सम्बन्धि आवश्यक ज्ञानसिप का साथै केही औजार उपकरणरु पनि पाएकाले जिवन निर्वाहका लागि नयां बाटो पाएकाले तालिमबाट फर्केपछि केही गर्ने सोच बनाई उपाय खाज्ने प्रयास गरेको कुरा उनले जानकारी दिए ।
राम्रो काम गर्न चुनौती लिनु पर्ने र लगानी बिना प्रतिफल सम्भव हुदैन भन्ने कुरा मनन गर्दै उनलेसडकमा काम गरेको ज्याला रु २५,००० जम्मा गरेको रकम र गाउको बिध्यालयबाट रु १५,००० मासिक सयकडा रु २ प्रतिशतमा व्याज्या श्रmण निकालेर रु ४०,०००। लगानी गरि गाबिसको केन्द्रबिन्दुमा रहेको वडा न.ं ५ पारतोलामा टिनको घर निर्माण गरि २०७३ भाद्र ५ गतेका दिनबाट मोवाई पसल संचालन गरेका छन् ।उनी भन्छन् पसलमा मोवाईलका बिभिन्न पाटपुर्जा तथा रिचार्ज कार्डहरु राखी मोवाई मर्मतका साथै सामाग्रीहरु बिक्री बितरण कार्य भई रहेको र शुरुशुरमा त्यती ठुलो आम्दानी नभएर दिनमा ५०० देखि ८०० सम्मको आमदानी भईरहेको र बिस्तारै बढ्दै जाने सम्भावना छ । मोवाई मर्मतका लागि आटीचौर, डोगडी र गुदुखाती तिनवटा गाबिसहरुले सेवा पाउने र सेवा दिन सकिने भएकोले भबिष्यमा राम्रो मार्केट पाउने उपेक्षा छ तर आफुमा प्रयाप्त ज्ञान नभएकोले कतै बाट थप तालिम पाएको भए अझै आफुमा निखार आउने चाहना उनको रहेको छ । सामुदायिक बिकास कार्यक्रमले सिप बिकास तालिम दिएर गाउमा नै रोजगारी पाउने अवसर जुराई दिएकोमा धन्यवाद सहित आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।