नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफू माथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा यहाँको पीआर त्यागेर सोमबार साँझ नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावास स्रोतले उल्लेख गरेको छ ।
बेलायतमा कुनै आपराधिक क्रियाकलाप गरे वा लगातार दुई वर्षभन्दा बढी समय यूकेबाहिर रहे यहाँको आवासीय अधिकार रद्द हुने प्रावधान भए पनि लामाले स्वेच्छाले त्याग्न निवेदन दिएका हुन् । लामा दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका छन् ।