तुलसीपुर, ४ असोज । तुलसीपुरमा एक महिलालले आफुलाई ६० बर्षीय पुरुष जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।
पीडित महिलाले केवल खत्रीले लखेटीलेखी जबरजस्ती करणी गरेको बताइन् । पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर जवरजस्ती करणी सम्बन्धि मुद्दाचलाएको छ । जर्वजस्ती करणीको गरेको अभियोगमा तुलसीपुर १० भट्टे निबासी ६० बर्षका केवल खत्री पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख सन्तोष रोकाले ५०÷५२ बर्षीया एक महिलालाई जंगलमा घाँस काट्ने क्रममा भदौ २८ गते जबरजस्ती करणी गरिएको आरोप आएको बताए ।